सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने

पाेखरा | चैत १६, २०७९

सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने

पोखरा: पोखरामा अवस्थित सहारा क्लब पोखराले संञ्चालन गर्दै आईरहेको सुर्य बहादुर केसी मेमोरियल सहारा छात्रबास फुटबल एकेडेमीका लागि चौंथो ब्याचको प्रशिक्षार्थी बालकहरुको नयाँ भर्ना गर्ने भएको छ ।

 

सहारा क्लब पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० साल बैशाखबाट नयाँ भर्ना गर्ने निर्णय गरिएको जनाएको छ ।

 

यस अघि तीन ब्याज ०५८ र ०६१ र ०७० सालको एकेडेमीको सफल अनुभबलाई सँगाल्दै यस पटक चौंथो ब्कोयाच बालक प्रशिक्षार्थीहरु भर्ना गर्न लागिएको क्लबले जनाएको छ ।

 

तेश्रो ब्याचको पहिलो चरणमा १२ कक्षा उत्तिर्ण भएका १० प्रशिक्षार्थी बालकहरुलाई पास आउट गरेको र  ०७० सालको तेश्रो ब्याचका अब बाँकी १३ जना प्रशिक्षार्थीहरु उनीहरुको कक्षा १२ को परीक्षा समाप्त भएपछि जेठ महिनाको अन्तिम हप्ता पास आउट गरी आगामी नयाँ शैक्षिक सत्र देखि चौंथो ब्याच भर्ना गर्ने कार्य योजना बनाएको क्लबले जनाएको छ ।

 

एकेडेमीबाट उत्पादित प्रशिक्षार्थीहरुमध्ये पूर्व राष्ट्रिय फुटबल कप्तान अनिल गुरुङ एक हुन् । त्यस्तै नेपाल पुलिस क्लबमा अजित भण्डारी, नेपाली सेनामा कार्यरत नविन श्रेष्ठ,नेपालको ए डिभिजन सातदोबाटो क्लब अनुबन्धित सुशिल लामा,मनाङ मर्स्याङ्दी  क्लबका  अनिल पोमु लिम्बु सहारा एकेडेमीकै उत्पादन हुन् ।

 

हाल एकेडेमी प्रशिक्षक प्रल्हाद हिराचन, हालका उदयवान प्रशिक्षक बिष्णु गुरुङ र पूर्व राष्ट्रिय फुटबल खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन हुन् ।

 

नेपालको फुटबल ईतिहासका नक्षत्र स्व डम्बरसिह गुरुङ,  पूर्व राष्ट्रिय फुटबल खेलाडी स्व.बिल तामाङ,पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक थिएँ ।

 

वार्षिक कुल ३० लाखको हाराहारीमा खर्च हुने उक्त एकेडेमीको मुलश्रोत सुर्य बहादुर केसीको परिवारजनबाट १५ लाख वर्षेनी प्राप्त भईरहेको र क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप, देउसी भैलो कार्यक्रम,विभिन्न शुभेच्छुक शुभचिन्तक दाता र बिशेषतः सहारा युके, सहारा हङकङ र सहरा अष्ट्रलिया समेतको बिशेष सहयोग र एकेडेमी कै निरन्तरताको निम्ति गठन गरिएको अक्षय कोषमा संकलित रकम नै यो एकेडेमीको मुलश्रोत रहेको क्लबले जनाएको छ ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्